२०८२ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य१ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने

१ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको जनाएको छ। आइतबार अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३७ हजार रुपैयाँ* कायम गरेको जनाएको छ ।

नर्भिक अस्पतालकाअनुसार यो निर्णय १ कात्तिकदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको जानकारी दिएको हो ।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरुको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।

नर्भिकले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।

अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

 

(*यसअघिको अस्पतालको विज्ञप्तीअनुसार समाचारमा ३५ हजार हुन गएमा अस्पतालले उक्त विज्ञप्तीमा करेक्सन ३७ हजार तलब बनाएको विज्ञप्तीपछि समाचार सुधार गरिएको छ । सं.)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ