२०८२ कात्तिक ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी


काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरेकी छन् । बालुवाटार स्रोतकाअनुसार स्वास्थ्य मन्त्रीका लागि डा. शर्माको नाम लगभग टुंगिएको छ ।

‘उहाँ (डा. सुधा)लाई स्वास्थ्यमन्त्री बनाउने करिब—करिब टुंगिएको छ,’ स्रोतले भन्यो, ‘अब केही तलमाथि नभए उहाँसहित चार जना मन्त्रीलाई आजै सपथ गराउने तयारी छ ।’

उनी नेपाल चिकित्सक संघ (एनएमए)को पूर्व अध्यक्षसमेत हुन् ।

प्रधानमन्त्री कार्कीले डा. शर्मासहित अन्य तीन जना गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई पनि आफ्नो क्याबिनेटमा थप्ने तयारी गरेकी छन् । कार्की क्याबिनेट चार जना थपिएसँगै १२ सदस्सीय पुग्नेछ ।

यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने तयारी प्रधानमन्त्रीको थियो । तर, स्वास्थ्य सेवा विभागको खरिद प्रकरणमा अख्तियारले उनीमाथि छानविन गरिरहेका कारण उनको नाम अन्तिम अवस्थामा काटिएको थियो ।

डा. मिश्राले स्वास्थ्यमन्त्री बन्नकै लागि अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ