२०८२ कात्तिक ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा

डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा


काठमाडौं—सुर्खेतको मेहलकुनास्थित अस्पतालका चिकित्सक डा. सोजन सापकोटामाथि हातपात गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी गरेको पाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सुनारलाई आफ्नो क्याबिनेटमा समेट्ने गरी सूची राष्ट्रपति कार्यलयमा पठाएकी छन् ।

दलित अभियन्ता रहेका सुनारविरुद्ध स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ गर्न २१ असार २०८१ मा सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।

गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सापकोटाले आफूमाथि हातपात गरेको भन्दैं उनी विरूद्ध मुद्धा दायर गरेका थिए । अदालतमा १४ असार २०८१ मा मुद्धा दायर भएकोमा २१ असार २०८१ मा सात दिने पक्राउ पुर्जी जारी भएको हो ।

सुनार विरुद्ध अधिवक्ता मनिषा गौतमले हालेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ