२०८२ मंसीर २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यशंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण

शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण


काठमाडौं—काठमाडौंको दुर्गम गाउँ भनेर चिनिने नाङ्लेभारेमा शंकरापुर अस्पताल र स्वर्णिम स्वास्थ्य नेपालको संयुक्त आयोजनामा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । सो शिविरबाट स्थानीय ४ सय १३ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।

शंकरापु्र अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिनतर्फ १ सय ८० जना, स्त्री तथा प्रसूतितर्फ ३८ जना, अर्थोपेडिक १ सय ६ जना, बालबालिका ३० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी, २ सय ५७ जनाले आँखा जाँच गराएका थिए । आँखा जाँचमा २२ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो ।

शंकरापुर अस्पताल र स्वर्णिम स्वास्थ्य नेपालले चाडै नै मोतियाविन्दुको शल्यक्रिया शिविर राख्ने तयारी गरेको निर्देशक डा. ढकालले जानकारी दिए ।

शिविरमा इसिजी, रक्त परिक्षण तथा युरिन परिक्षण पनि गरिएको थियो । शंकरापुर—१ स्थित नाङ्लेभारेको नवीन ग्राम शिक्षा मन्दिर माध्यमिक विद्यालयमा शनिबार सो शिविरको आयोजना गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ