काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचन काठमाडौं उपत्यकामा ४ र ५ पुसमा हुने भएको छ । बुधबार निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गर्दै काठमाडौं उपत्यकामा ४ र ५ पुसमा मतदान तोकेको छ ।
यस्तै, काठमाडौं उपत्यकाबाहिर भने ११ र १२ पुसमा मतदान हुने कार्यतालिका छ । निर्वाचन समितिकाअनुसार २५ कात्तिकबाट निर्वाचनका कार्यक्रम सुरु हुनेछन् ।
२५ कात्तिकमा प्रथम मतदाता नामावली प्रकाशन, २६ कात्तिक विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदाता नामावलीमा दावी विरोध, २७ कात्तिकमा मतदाता नामावलीमा दावी विरोधको सुनुवाई तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यसैगरी, २८—३० कात्तिक विहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दाखिला अवधि, १ मंसिरमा उम्मेदवारको मनोनयन पत्र जाँच्ने तथा उम्मेदवारीको प्रथम नामावली प्रकाशन, २ मंसिरमा विहान १० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीप्रति दावी विरोध दिने, ३ मंसिरमा मनोनयन पत्रमा दावी विरोधको सुनुवाई गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
४ मंसिरमा उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ र ५ पुसमा उपत्यकाभित्र र ११ र १२ पुसमा उपत्यका बाहिर मतदान गर्ने कार्यतालिका तय भएको छ ।
नेपाल मेडिकल काउन्सिलको एक जना उपाध्यक्ष र ८ जना सदस्यका लागि निर्वाचन हुँदैंछ । मंगलबार काउन्सिलले प्रा.डा. रविन्द्रमान श्रेष्ठ प्रमुख निर्वाचन अधिकृत, प्रा.डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी निर्वाचन अधिकृत रहेको निर्वाचन समिति बनाएको थियो ।
