२०८२ कात्तिक २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यन्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न

न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न


काठमाडौं—न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भएको छ । २१ र २२ कात्तिकमा बेन्च टु क्लिनिकल रिसर्च सेन्टर (बीटीसी)को आयोजनामा झम्सिखेलस्थित होटल भिभान्तामा स्वदेशी तथा विदेशी विज्ञ र सरोकारवालाहरुको उपस्थितीमा दुई दिने सेमिनार सम्पन्न भएको हो ।

सेमिनारको पहिलो दिन सरोकारवालाहरुबीच क्लोज मिटिङ सम्पन्न भएको थियो । ‘पहिलो दिन हामीले स्टेक होल्डरबीच क्लोज मिटिङ ग¥यौं,’ बीटीसीका संस्थापक सदस्य डा. सन्तोष प्रधानले भने, ‘नवजात शिशुको स्क्रीनिङका विविध विषयहरुमा छलफल भयो ।’ पहिलो दिनको बन्द सत्रमा २५ जना स्वदेशी तथा विदेशी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

दोस्रो दिन नवजात शिशु परीक्षणका विविध पाटापक्षबारे प्रस्तुती तथा प्यानल डिस्कसन भएको थियो । कार्यक्रममा बाल रोग विशेषज्ञहरु, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, इन्डोक्राइनोलोजिष्ट, जनस्वास्थ्यकर्मी, नर्स, प्रयोगशालाकर्मी र विदेशी विज्ञहरुसमेत गरी ६० जनाको सहभागिता थियो ।

इन्टरनेसनल फेडेरेसन अफ क्लिनिकल केमेस्ट्री एण्ड ल्याबोरेट्री मेडिसिन (आईएफसीसी) र इन्टरनेशनल सोसाइटी फर नियोनेटल स्क्रीनिङ (आईएसएनएस)सँगको सहकार्यमा भएको कार्यक्रममा ती संस्थाका प्रतिनिधीहरु, केरला हेल्थ सर्विसेज भारत र युनिभर्सिटी अफ फिलिपिन्स मनिलाबाट आएका विज्ञले समेत प्रस्तुती दिएका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफका प्रतिनिधीहरुको समेत सहभागी थिए ।

डा. प्रधानले न्यून वर्न स्क्रीनिङबारे जनचेतना अभिवृद्धि गर्न, सरोकारवालाहरुको राय बुझ्ने, नीति निर्माणका लागि घच्घचाउने, छुट्टा—छुट्टै रुपमा काम गरिरहेकाहरुलाई एकै ठाउँमा ल्याउने र अध्ययन—अनुसन्धानका निष्कर्षहरु आदान—प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

बीटीसी दुई वर्षदेखि अध्ययन-अनुसन्धान, प्रयोगशाला, संक्रामक र क्यान्सर रोगहरुको अनुसन्धान र अन्तक्रियात्मक कार्यक्रमहरु गर्दै आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ