२०८२ कात्तिक २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी

एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी


काठमाडौं—त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी एलओडीमा गुन्जिने भएका छन् । शनिबार संसारको ४४ औं उत्कृष्ट क्बलभित्र अटाएको एलओडीमा डा. भण्डारी सांगीतिक प्रस्तुति दिनेछन् ।

एलओडीले ‘जब पेशा र रुचि भेटिन्छन्’ कार्यक्रममार्फत प्रा.डा. भण्डारीलाई विशेष सांगीतिक माहोलमा प्रस्तुत गर्न लागेको हो । प्रा.डा. भण्डारीसँगै रोशन श्रेष्ठ र टिमसँगै प्रस्तुती दिनेछन् । कार्यक्रममा लिजेन्डरी गितारिष्ट देव लामा पनि हुनेछन् भने कार्यक्रमको प्रस्तोताका रुपमा सन्जय सिलवाल रहेका छन् ।

कार्यक्रम दिउँसो तीन बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । सांगीतिक कार्यक्रमका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक रहेका प्रा.डा. भण्डारी नेपालका अग्रणी कलेजो प्रत्यारोपण सर्जन हुन् । शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख रहेका प्रा.डा. भण्डारीकै अगुवाईमा नेपालमै पहिलोपटक इन्डिपेन्डेट कलेजो ट्रान्सप्लाट भएको थियो ।

प्रा.डा. भण्डारी चिकित्सा कर्मसँगै सांगीतिक कर्ममा पनि सक्रिय छन् । उनका झण्डै आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । जसमा ‘निलो आकाश’, ‘तिम्रो नै माया लाग्छ’, ‘एउटा जीवन यस्तो थियो’, ‘कसरी भनुँ’, ‘मायालु भाका’, ‘तिमी नै तिमी’, ‘जीवन यो रहेसम्म’ र ‘निलो आकाश’लगायत रहेका छन् ।

२९ वर्षअघि एमबीबीएस अध्ययन गर्दा नै संगीत कर्म लागेका प्रा.डा. भण्डारीले सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ’ रेकर्ड गराएका थिए । त्यो गीत त्यहीबेला रेडियोमा पनि बजेको थियो ।

तर, बीचमा पढाइ, व्यस्तताजस्ता कारणले केही समय उनको संगीत यात्रा रोकिएको थियो । तर, पछिल्ला केही वर्षयता प्रा.डा. भण्डारी गायनसँगै, गीत रचना र कम्पोजिसनमा पनि सक्रिय छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ