२०८२ कात्तिक २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले निजी अस्पतालमा ठेक्का प्रथाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन)को ज्ञापनपत्र बुझ्दैं उनले ठेक्का प्रथा रोक्न तत्काल सूचना निकाल्ने प्रतिबद्धता जनाएकी हुन् ।

मन्त्री डा. शर्माले संघका मागहरूलाई गम्भीरतापूर्वक लिने बताउँदै मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल गर्ने र तत्कालै ठेक्का दिएका अस्पतालहरुमा अस्पतालले नै व्यवस्थापन गर्ने गरी सूचना निकाल्ने बताइन् ।

युनिफिनले स्वास्थ्यमन्त्री डा. शर्मालाई निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथितीबारेमा ज्ञापनपत्र बुझाएको थियो। संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवा महंगो, मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव र निजी संस्थामा हुने श्रमिक शोषणलगायतका समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए ।

ज्ञापनपत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, उचित तलब–सुविधा र निजी अस्पतालहरूमा पारदर्शिता सुनिश्चित गर्न माग गरिएको छ।

स्वास्थ्यमन्त्री डा. शर्मालाई देशभर संचालित अस्पतालहरुले गरेको श्रम शोषण , ठेक्का प्रथा, करार र ज्यालादारी समस्याको समाधानका लागि ज्ञापनपत्र बुझाइएको युनिफिनका अध्यक्ष कर्ण विश्वकर्माले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन अध्यक्ष विश्वकर्माको नेतृत्वमा संघका सह—अध्यक्ष दिनेश पोख्रेल ,युथ कमिटीका अध्यक्ष कर्ण विश्वकर्मा, कोषाध्यक्ष तेज कडायत र सदस्य नेत्र कुसुहवालगायतका स्वास्थ्यकर्मीहरू स्वास्थ्य मन्त्रालय पुगेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ