२०८२ कात्तिक ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता

नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता


भक्तपुर—नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)सँग जर्मनीको लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रोफेसर इखार्ड नागेलको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । शनिबार भक्तपुरमा बिजुक्छेसँग जर्मन चिकित्सकहरुको टोलीले भेटवार्ता गरेको हो ।

भेटमा प्रतिनिधिमण्डललाई स्वागत गर्दै बिजुक्छेंले भक्तपुरको विकास र सम्पदा पुनःनिर्माण कार्यमा एक समयमा जर्मनीका प्राविधिकहरुले गरेको सहयोग भक्तपुरका जनताले सम्झिरहेको बताए । ‘जर्मनीसँग चिकित्सा क्षेत्रको लामो अनुभव छ,’ उनले भने, ‘उक्त अनुभवलाई नेपालका र ख्वप अस्पतालका नयाँ पुस्ताका चिकित्सकहरुबीच आदान–प्रदान गर्न पाएमा धेरै नेपाली जनताको सेवा हुनेछ ।’

अध्यक्ष बिजुक्छेंले जनताले आफ्नै खुट्टामा उभिएर स्वास्थ्य सेवा क्षेत्रमा प्रगति गर्न सके दीर्घकालीन सेवा हुने धारणा व्यक्त गरे। उनले जर्मन सरकार र जनतालाई नेपाली जनताको तर्फबाट सद्भावनाको सन्देश पु¥याउन आग्रह गरे ।

लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति इखार्ड नागेलले नेपाली जनताको न्यानो सत्कारबाट प्रभावित भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध सकारात्मक रुपमा अघि बढिरहेको बताए । उनले जर्मनीका जनताहरुले नेपाललाई संसारको छानाको रुपमा चिन्ने गरेको बताए ।

केही समयअघि नेपालको संसद भवन जलेको समाचार सुन्दा आफूलाई दुःख लागेको चर्चा गर्दै जर्मनीमा पनि सन् १९३३ मा संसद भवन जलाइएको र त्यस षड्यन्त्रबाट धेरैजना देशभक्तहरुलाई यातना दिइएको अवगत गराए ।

भेटवार्तामा जर्मनीका लागि नेपाली राजदुत डा. शैल रुपाखेतीले भक्तपुरका जनप्रतिनिधिहरुले निःस्वार्थ रुपमा जनताको सेवा गरिरहेको सुनेको चर्चा गर्दै ख्वप अस्पतालको अवलोकन भ्रमणले प्रत्यक्ष अनुभव गरेको बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ