२०८२ मंसीर ३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण

सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिंहदरबारभित्र मन्त्रालयका लागि बनाइदिएको प्रिफ्याब भवन हस्तान्तरण गरेसँगै मन्त्रालय सिंहदरबाभित्र सर्ने निश्चित भएको हो ।

डब्लूएचओको आर्थिक सहयोगमा बनेका उक्त भवन स्वास्थ्यमन्त्री सुधा शर्मालाई हस्तान्तरण गरिएको हो । ‘सिंहदरबारमा बनेको प्रिफ्याब भवन आज ह्याण्डओभर भयो,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हेल्थआवाजसँग भने, ‘सम्भवतः आज साँझबाट सामान सार्न सुरु हुन्छ । सामान सारिसकेर आइतबारबाट पूर्णतयाः मन्त्रालय सिंहदरबारबाट सञ्चालनमा आउँछ होला ।’

डब्लूएचओले सिंहदरबारभित्र ६ वटा प्रिफ्याब भवन र एउटा ४ कोठाको प्रिफ्याबकै टहरा बनाइदिएको छ । यस्तै, नेपाली सेनाको नरसिंह दल गणका केही पुराना भवनहरु पनि मन्त्रालयको काम गर्ने ठाउँका रुपमा प्रयोग गर्ने तयारी छ ।

रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या र एचईओसी भने तत्काल सिंहदरबारमा सर्ने छैन् ।

जेन—जी आन्दोलनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन पूर्ण रुपमा जलेर नष्ट भएको थियो । त्यसपछि रामशाहपथस्थित मन्त्रालयको मुख्य भवनको पछाडितिर रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नवनिर्मित भवनबाट मन्त्रालय अस्थायी रुपमा सञ्चालनमा ल्याइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ