२०८२ मंसीर ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यजनकपुरमा सिएमई कार्यक्रम सफलतापूर्वक सम्पन्न

जनकपुरमा सिएमई कार्यक्रम सफलतापूर्वक सम्पन्न


जनकपुर—जनकपुरमा निरन्तर उपचार शिक्षा (सिएमई) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ५ मंसिरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल मेडिकल एशोसिएसन जनकपुर शाखाको सहयोग रहेको थियो ।

कार्यक्रममा स्त्री रोग तथा शल्यकला र टाउको तथा घाँटी सम्बन्धी दुई महत्वपूर्ण केसहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत केसहरुमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका विशेषज्ञ चिकित्सकहरुको प्यानलले गहन विश्लेषण, उपचार पद्धति, हालैका बहुविषयगत अभ्यासबारेमा विस्तृत छलफल गरेका थिए ।

नेपाल क्यान्सर अस्पतालमा अपनाइने समग्र उपचार दृष्टिकोणलाई पनि कार्यक्रममा सहभागीलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका ८ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । जसमा डा. सुदीप श्रेष्ठ, डा.विजेशराज घिमिरे डा. गिसुप प्रासिको, डा. हरि ढकाल, डा. कपेन्द्रशेखर अमात्य, डा. अञ्जु श्रेष्ठ, डा. प्रभातचन्द्र ठाकुर र डा. अमृत कोइरालाले आफ्नो अनुभव तथा विशेषज्ञता बाँडेका थिए ।

सो अवसरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेका मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेज जनकपुरका प्रा.डा. राम नरेश पण्डितले सार्थक र प्रभावकारी कार्यक्रम भएको धारणा राखेका थिए । कार्यक्रममा स्थानयि चिकित्सक, स्वास्थ्यकर्मी तथा सहभागीहरुलाई क्यान्सर उपचार, समयमै निदान र सहकार्यपूर्ण उपचार प्रक्रियाबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।


क्याटेगोरी : अन्य, प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ