२०८२ मंसीर १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौं—सरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय औषधी व्यवसाय संरक्षण समितिले सरकारसँगको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिएको हो ।

राष्ट्रिय औषधी व्यवसाय संरक्षण समितिका संयोजक श्रीधर खनालकाअनुसार व्यवसायीहरुले राखेको औषधी ऐन, २०३५ को दफा ११ को उपदफा (३) संशोधन र उपदफा (५) खारेजी गर्नुपर्ने मागका सम्बन्धमा औषधी ऐन, २०३५ सम्बन्धित उपदफाहरुमा प्रचलित कानुनअनुसार संशोधनका लागि आवश्यक प्रक्रियाका लागि अधिकतम ३० दिनभित्र सहजीकरण गर्ने सहमति सरकारसँग भएको छ ।

यसैगरी, औषधी व्यवसायी संगठनका कानुनसँग सम्बन्धितबाहेकका मागहरु जस्तैः पुनः दर्तालगायतका विषय औषधी व्यवस्था विभागमार्फत सहजीकरण गर्ने सहमति भएको छ भने औषधी व्यवसायी संघको नेतृत्वमा गठित राष्ट्रिय औषधी व्यवसाय संरक्षण समितिले १५ मंसिरबाट आन्दोलनका कार्यक्रम फिर्ता गर्ने सहमति भएको छ ।

औषधी व्यवसायीहरु औषधी ऐन, २०३५ को दफा ११ को उपदफा (३) संशोधन र उपदफा (५) खारेज गर्नुपर्नेलगायतका माग राखेर झण्डै डेढ महिनादेखि आन्दोलनमा थिए । आन्दोलनमा रहेका औषधी व्यवसायीहरु, स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागबीचको त्रिपक्षीय वार्तापछि मंगलबार सहमति बनेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ