२०८२ मंसीर १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए

सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए


जुम्ला— सिंजा गाउँपालिका–६ जोडुगाउँको आधारभुत स्वास्थ्य केन्द्र दाँतमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्लान नेपाल, पेस नेपाल जुम्लाको समन्वयमा सिंजा गाउँपालिका जुम्लाको आयोजना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति हाडजोर्नी रोग विशेषज्ञ डा. पुजन रोकायाको नेतृत्वमा गएको चिकित्सक तथा स्वास्थ्कर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क स्वास्थय शिविरमा १५२ जना महिला र ११० जना पुरुष गरी २७२ जनाले सेवा लिएका छन् । शिविरमा १५२ जना महिलाको पाठेघर चेकजाँच गरिएको थियो ।

भिआईए ५५ जना, भिआईए पोजेटिभ २ जना र एक जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको उपकुलपति डा. रोकायाले बताए । उनले भने, ‘५ जना महिलाको पाठेघरमा रिङ पेसरी राखिएको छ,’ उनले भने ।

बालरोग सम्बन्धी ६५ जनालाई चेक जाँच भएको छ । जनरल स्वास्थ्य सेवा ५५ जनाले लिएका थिए भने ६५ जना किशोर—किशोरीलाई प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी परापर्श सेवा प्रदान गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ