काठमाडौं—पतन्जली आयुर्वेद प्रा.लि.को वार्षिक कारोबार १ अर्ब ८० करोड पुगेको छ । पतन्जलीको सन् २०२५ को फाइनान्सियल तथ्यांकअनुसार कम्पनीको कारोबार १ अर्ब ८० करोड रुपैयाँ (अपरिष्कृत) पुगेको हो ।
बारामा रहेको पतन्जलीको सन् २०२४ मा २ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो । यसअघि सन् २०२३ मा पतन्जलीले १ अर्ब ९३ करोडको कारोबार गरेको थियो ।
पतन्जलीको वार्षिक कारोबार सन् २०२२ मा १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो भने सन् २०२१ मा १ अर्ब २५ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०११ मा ग्रामोधोग कम्पनीका रुपमा स्थापना भएको थियो । सन् २०१५ मा कम्पनीले नाम परिवर्तन गरेर परिवर्तन गरेर पतन्जली आयुर्वेद प्रा.लि. बनाएको थियो । कम्पनीले पतन्जली ब्राण्डअन्तर्गत विभिन्न खाद्यवस्तु, व्यक्तिगत हेरचाह सामाग्रीलगायतका वस्तु उत्पादन तथा प्रशोधन गर्दै आएको छ ।
पतन्जलीको कार्यलय काठमाडौंमा रहेको छ भने बारमा उधोग सञ्चालनमा छ । कम्पनीको ९५ प्रतिशत शेयर स्वामित्व भारतीय कम्पनी गंगोत्री आयुर्वेदा लिमिटेड२को नाममा छ। बाँकी सेयर स्थानीय साझेदार महतो समूहको कम्पनी राम जानकी इन्भेष्टमेन्ट प्रालिले होल्ड गरेको छ।