२०८२ मंसीर २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक


काठमाडौं—मुलुककै प्रतिष्ठित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका १८ जना उप प्राध्यापक माग गरेको छ । बिहीबार महाराजगन्ज चिकित्सा क्याम्पसले एक सूचना प्रकाशित गर्दै करार सेवाअन्तर्गत १८ जना उप प्राध्यापक माग गरेको हो ।

जसमा अब्स एण्ड गाइनेमा दुई जना उप प्राध्यापक माग गरिएको छ । यसैगरी, कार्डियोलोजी, कार्डियो भास्कुलर एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी, ओरल एण्ड म्याक्जिलो फेसियल सर्जरी, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी, अर्थोपेडिक्स स्पाइन सर्जरी, अर्थोपेडिक्स स्पाइन एण्ड अर्थोप्लाष्टीमा एक-एक जना उप प्राध्यापक माग गरिएको छ ।

यसैगरी, न्यूरो सर्जरी, युरोलोजी तथा मिर्गौला प्रत्यारोपण, पल्मोनोलोजी, क्रिटिकल केयर एण्ड सिलिप मेसिडिसन, साइक्याट्रिक, क्रिटिकल केयर मेडिसिन, पेडियाट्रिक हेमाटो अंकोलोजी, क्लिनिकल फर्माकोलोजी, अप्टोमेष्ट्री र बायोस्टाटस्टीक्समा एक—एक जना उप प्राध्यापक माग गरिएको छ ।

इच्छुकले २८ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ