२०८२ माघ १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला

स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला


काठमाडौं-कागेश्वरी मनोहरा क्षेत्रकै सुविधासम्पन्न स्वास्थ्य संस्थाको परिचय बनाउन सफल स्मार्ट हेल्थ क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा ७ दिने स्मार्ट हेल्थ मेलाको शुभारम्भ गरेको छ । सोमबार कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की प्रमुख अतिथी र वडा न‌ं. ९ का अध्यक्ष अनिल थापा अतिथीका रुपमा सहभागी स्मार्ट हेल्थ मेला शुभारम्भ समारोहमा छिमेकी टोल विकास समितीका अध्यक्षहरु, विभिन्न क्लवका प्रतिनिधीलगायत प्रहरी पत्रकार र सिनेकर्मीको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक शोभित बस्नेत, चर्चित अभिनेत्री बेनिसा हमाल कार्यक्रम प्रस्तोता तथा पत्रकार र उत्सव रसाइली लगायतका ब्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए ।

स्मार्ट हेल्थ क्लिनिकका कार्यकारी प्रमूख सन्तोष रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लिनिकका प्रवन्ध निर्देशक बिमल न्यौपानेले क्लिनिकको १ वर्षको उपलब्धी र भावी योजनाका बारेमा बताउनु भएको थियो ।

कार्यक्रमका स्मार्ट हेल्थ क्लिनिकले आक्रमक सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि उत्सवको रुपमा सँगसँगै लगेकाले नै एक वर्षको अवधिमा १० हजारभन्दा सन्तुष्ट सेवाग्राहीलाई सेवा दिएको क्लिनिकले जनाएको छ । साथै, ३०० भन्दा बढी स्थानमा १२ हजार बढीको निःशुल्क सुगर र ब्लड प्रेसर जाँच गरिसकेको जानकारी दिइयो ।१००० भन्दा धेरै प्याकेजहरु र ३०० भन्दा बढी इको तथा २५ सयभन्दा बढीलाई गुणस्तरीय भिडियो एक्स-रे सेवा उपलव्ध गराइसकेको समेत जानकारी गराइयो ।

निकट भविष्यमै गुणस्तर आईएसओ सर्टिफिकेट प्राप्त गर्ने र २५ शैंयाको २४ घण्टा सेवा उपलब्ध गराई नमुना अस्पताल सञ्चालनको तयारीमा स्मार्ट हेल्थ क्लिनिक रहेको छ । क्लिनिकमा हाल काठमाडौंका विभिन्न प्रतिष्ठित अस्पतालहरुमा आवद्ध विभिन्न वरिष्ठ विशेषज्ञ डाक्टरहरुमार्फत स्त्री रोग, बाल रोग, नाक, कान, घाँटी रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा सौन्दर्य रोग, मनोरोग, मुटु रोग, सुगर तथा थाइराइड रोगलगायतमा परीक्षण र उपचार सेवाका साथै ४डी भिडियो एक्स(रे, इको एडभान्स फिजियो थेरापी दन्त उपचार ५ वेडको इमरजेन्सी माइनर शल्यक्रियालगायतका सेवा सञ्चालन गरिरहेको छ । क्लिनिक कागेश्वरी मनोहरा वडा नं. ९ मा पर्ने सनसिटी रोडमा हिमालय टोलमा रहेको छ ।

सोमबार शुभारम्भ गरिएको मेलामा आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जना रक्तदाताले रक्तदान गरेका थिए भने निःशुल्क कोलेस्ट्रोल जाँच, इसिजी, ब्लड सुगर, मुटु रोग शिविर र बाल रोग शिविर सञ्चालन भइरहेको छ । ल्यावका हरेक परिक्षणमा ४० प्रतिशत छुट सुविधासहित निस्ःशुल्क स्कीन परीक्षण, दाँत परीक्षण र बच्चाहरुका लागि विभिन्न खेलहरुमार्फत स्वास्थ्य गतिविधीहरु सञ्चालनमा छन ।आयोजकका अनुसार मेला आगामी पौष ५ गते शनिबारसम्म सञ्चालन हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ