२०८२ पुस ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रजातान्त्रिक समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध

प्रजातान्त्रिक समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध


काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए)को कार्यकारी समितिको आगामी कार्यकालका लागि उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) पदमा उम्मेदवारी दिएका डा. सरोज गिरीको उम्मेदवारी दर्ता खारेज भएको छ ।

उम्मेदवारीका लागि सक्कली वारेसनामा नभएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

बुधबार भएको मनोनयन प्रक्रियामा डा. गिरीले इमेलमार्फत वारेसनामा दिएर उमेदवारी दर्ता गराएका थिए । छानविनका क्रममा उनको सक्कली वारेसनामा नभएपछि उम्मेदवारी दर्ता खारेज भएको हो ।

डा. गिरीले एनएमए संस्थापन भनिएको डा. बद्री रिजालको टिमबाट उपाध्यक्षको उम्मेदवारी दिएका थिए ।

डा. गिरीको उम्मेदवारी खारेजीसँगै कर्णाली प्रदेशमा डा. मंगल रावल टिमका डा. रविन खड्का र डा. नारायण भुसाल टिमका डा. अनुप मंगल समालबीच प्रतिस्पर्धा हुने भएका छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ