काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनका लागि डा. बद्री रिजालले प्यानल घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममाझ डा. रिजालले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
‘पेशागत मर्यादा र अटुट एकताः सबल एशोसिएसनका लागि टिम बद्रीको प्रतिवद्धता’को नारासहित डा. रिजालको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा डा. सन्जीव तिवारी र महासचिवको उम्मेदवारमा डा. विश्वराज दवाडी रहेका छन् ।
यस्तै, कोशी प्रदेशको उपाध्यक्षमा डा. रोशन खड्का, मधेश प्रदेशको उपाध्यक्षमा डा. अमितरन्जन मिश्र, गण्डकीको उपाध्यक्षमा डा. नवराज लम्दारी, लुम्बिनीको उपाध्यक्षमा डा. नन्दा गुरुङ र सुदूरपश्चिमको उपाध्यक्षमा डा. प्रमोद जोशीलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, उपसचिवमा डा. हुलास अग्रवाल र सह—कोषाध्यक्षमा डा. तेजशु सिंह मल्ल उम्मेदवार रहेका छन् ।
डा. रिजालको टिमबाट डा. सुमेध मिश्र, डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. विना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले सदस्यका उम्मेदवार छन् ।
उनले टिमसँगै ६ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् । जसमा चिकित्सकको दरबन्दी, सेवा सुविधा तथा पारिश्रमिक, सुरक्षाः भयरहित सेवा, सुरक्षित पेशा, ¥यापिड रेस्पोन्स टिम, ड्युटी आवर र मानसिक स्वास्थ्य, शैक्षिक कार्यक्रम र अनुसन्धान, सबै चिकित्सक अट्ने एनएमए मुख्य प्रतिद्धताका रुपमा उल्लेख गरिएको छ ।