२०८२ पुस ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पुनः सञ्चालनमा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पुनः सञ्चालनमा


धरान— केही समयदेखि बन्द रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि बिरामीलाई सुलभ र सुपथ मुल्यमा औषधी उपलब्ध गराउने उद्देश्यका साथ प्रतिष्ठान फार्मेसी पुनः सञ्चालनमा ल्याइएको विपीकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिइन् ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजिवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रुपमा सटर खोलेर विधिवत रुपमा फार्मेसी पुनः सञ्चालनमा ल्याएका हुन् ।

नेपाल सरकारको स्वास्थ्य बीमामा आबद्धहरुले समेत उक्त फार्मेसीबाट नियमानुसारको औषधी प्राप्त गर्न सक्ने प्रवक्ता प्रा.डा. प्रधानले जानकारी दिइन् ।

फार्मेसीमा सुलभ तथा सुपथ मुल्यमा औषधीहरु पाइने हु“दा प्रतिष्ठानमा उपचारका लागि आउने सम्पुर्ण बिरामी वर्गलाई यसै फार्मेसीमा औषधी खरिद गर्न उनले आग्रह गरिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ