२०८२ पुस १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यचितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई

चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई


भरतपुर—चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई सम्पन्न भएको छ । शुक्रबार नेसोग बागमती च्याप्टर र नेशनल प्याथ ल्याबको संयुक्त आयोजनामा भरतपुरमा इन्डोमेट्रियल क्यान्सर सम्बन्धी सिएमई सम्पन्न भएको हो ।

डा. मन्जु पाण्डेले मोडरेट गरेको उक्त सिएमई कार्यक्रममा प्रमुख वक्ताका रुपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जुली चौधरीले प्रस्तुती दिएकी थिइन् । उनले इन्डोमेट्रियल क्यान्सरको उपचारमा हालै भएका प्रगतिहरुका बारेमा प्रस्तुती दिइन् ।

सिएमईमा ५० जनाभन्दा बढी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको उपस्थिती रहेको थियो ।

उक्त सिएमई कार्यक्रममा नेशनल प्याथ ल्याबका ल्याब हेड एवं प्याथोलोजिष्ट डा. जीवन अधिकारीले एनएसजी (नेक्स्ट जेनेरेशन सिक्वेसिङ)मा आधारित इन्डोमेट्रियल क्यान्सरको जीन प्यानल परीक्षण बारेमा जानकारी दिएका थिए ।

नेशनल प्याथ ल्याबको ललितपुरस्थित अत्याधुनिक प्रयोगशालाले विगत एक वर्षदेखि लङ क्यान्सर, ब्रेन ट्युमर, इन्डोमेट्रियल क्यान्सरलगायतका ३० भन्दा बढी जेनेटिक प्यानल परीक्षण गर्दै आएको डा. अधिकारीले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ