२०८२ पुस १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा

रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारका लागि चिकित्सकहरु समेत आन्तरिक चुनावी मैदानमा छन् । रास्वपाले समानुपातिक उम्मेदवार छान्न शनिबार र आइतबार आन्तरिक भोटिङ गराइरहेको छ ।

उक्त भोटिङमा प्याथोलोजिष्ट डा. निराजन मैनाली खस आर्य तर्फका समानुपातिकतर्फ उम्मेदवार बन्न प्रतिस्पर्धामा छन् ।

डा. रुपक घिमिरे दलित कलष्टरबाट समानुपातिक उम्मेदवार बन्नका लागि रास्वपाको आन्तरिक मतदानमा प्रतिस्पर्धामा छन् । उनी रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशका सल्लाहकार डा. मनोहर प्रधान आदिवासी जनजातितर्फ समानुपातिकको उम्मेदवार बन्न आन्तरिक प्रतिस्पर्धामा छन् । चितवनका निवासी डा. प्रधान एमडिजीपी चिकित्सक हुन् ।

डा. रन्जित पंजियार पनि रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न प्रतिस्पर्धामा छन् ।

आन्तरिक भोटिङमा लोकप्रिय मत पाउनेलाई रास्वपाले उम्मेदवार बनाउनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ