२०८२ पुस १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु

नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक जना उपाध्यक्ष र ८ जना सदस्यहरुका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । आइतबार दिउँसो दुई बजेटबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएको काउन्सिलका रजिष्ट्रार डा. सतिश देवले जानकारी दिए ।

‘दिउँसो दुई बजेटबाट मतगणना सुरु भएको छ,’ डा. देवले हेल्थआवाजसँग भने, ‘हामी चार ठाउँमा मतगणना सुरु गरेका छौं ।’ उनले चार वटा १००/१०० का बण्डलहरुबाट मतगणना सुरु भएको जानकारी दिए ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ ।

काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ