काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएको हो ।
हेल्थआवाजलाई प्राप्त मतगणनाको अपडेटअनुसार डा. गुणशरण शाहले उपाध्यक्षमा अग्रता बनाएका छन् । उनी २१३ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. कुन्जाङ शेर्पाले १३१ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले ३५ मत पाएका छन् ।
यसैगरी, सदस्यहरुमा डा. सारिका गोइतले २२० मत, योबिन कुमार यादवले १९१ मत, डा. छवि पन्थीले १५२ मत, सरोजकुमार साहले १४७ मत, डा. दिपेन्द्र पाण्डेले ११४ मत, उज्जल ठाकुरले ११० मत, डा. सम्राट पराजुलीले १०५ मत पाएका छन् । यसैगरी, डा. सरोजकुमार गोहियारले १०४ मत र डा. घनश्याम पाण्डेले १०५ मत ल्याएका छन् ।
