काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म उपत्यकाबाहिरको ६८०० मत गणना भएको छ ।
हेल्थआवाजलाई प्राप्त मतगणनाको अपडेटअनुसार डा. गुणशरण साहले उपाध्यक्षमा अग्रता बनाएका छन् । उनी २९०२ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. कुन्जाङ शेर्पाले २५७९ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १०४९ मत पाएका छन् ।
यसैगरी, सदस्यहरुमा डा. सारिका गोइतले २९९६ मत, डा. छवि पन्थीले २९०७ मत, योबिन कुमार यादवले २४४६ मत, डा. सम्राट पराजुलीले २२०४ मत, डा. दिपेन्द्र पाण्डेले २१९४ मत, डा. रबिन बस्नेतले १७७२ मत, डा. कुम्भराज जोशीले १७४५ मत, सरोजकुमार साहले १७४३ मत, डा. उज्जव ठाकुर १७४० मत पाएका छन् ।
यसैगरी, अस्मिता पोखरेलले १७०६ मत, डा. घनश्याम पाण्डेले १६९० मत र डा. निना राई १५४६ मत ल्याएर प्रतिस्पर्धामा छन् ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ ।
काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।