काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म ११००० मत गणना भएको छ ।
हेल्थआवाजलाई प्राप्त मंगलबार विहान ११ बजेसम्मको मतगणनाको अपडेटअनुसार उपाध्यक्षमा डा. कुन्जाङ शेर्पाले ६६४ मतको अग्रता बनाएका छन् । उनी ४७६० मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. गुणशरण साहले ४०९६ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १६९२ मत पाएका छन् ।
यसैगरी, सदस्यहरुमा डा. छवि पन्थी अग्रस्थानमा छन् । उनले ४५२१ मत प्राप्त गरेका छन् ।
यसैगरी, डा. सारिका गोइतले ४२१५ मत, डा. दीपेन्द्र पाण्डेले ३६८० मत, डा. योबिनकुमार यादवले ३४२० मत, डा. अस्मिता पोखरेलले ३०८९ मत, डा. सम्राट पराजुलीले ३०६८ मत, डा. निना राई २८४१ मत, डा. रबिन बस्नेतले २८३१ मत, डा. कुम्भराज जोशीले २८१३ मत, डा. घनश्याम पाण्डेले २७८३ मत, सरोजकुमार साहले २५९५ मत र डा. उज्जव ठाकुर २२९८ मत पाएका छन् ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ । अब ९२२ मत गन्न बाँकी छ ।
काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।
