२०८२ पुस १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा कसको कति मत ?

नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा कसको कति मत ?

उपाध्यक्षमा डा. कुन्जाङ शेर्पाको ८०० मतको अग्रतासहित जित निश्चित


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म ११६०० मत गणना भएको छ ।

हेल्थआवाजलाई प्राप्त मंगलबार अपरान्हसम्मको मतगणनाको अपडेटअनुसार उपाध्यक्षमा डा. कुन्जाङ शेर्पाले ८०० मतको अग्रता बनाएका छन् । उनी ५०७० मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. गुणशरण साहले ४२७० मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १७८६ मत पाएका छन् ।

यसैगरी, सदस्यहरुमध्येमा डा. छवि पन्थी अग्रस्थानमा छन् । उनले ४७३७ मत प्राप्त गरेका छन् ।

यसैगरी, डा. सारिका गोइतले ४३७७ मत, डा. दीपेन्द्र पाण्डेले ३९०८ मत, डा. योबिनकुमार यादवले ३५६० मत, डा. अस्मिता पोखरेलले ३२९८ मत, डा.सम्राट पराजुलीले ३२०८ मत, डा. निना राई ३००२ मत, डा. रबिन बस्नेतले २९९६ मत, डा. कुम्भराज जोशीले २९५७ मत, डा. घनश्याम पाण्डेले २९४० मत, सरोजकुमार साहले २७३२ मत र डा. सरोजकुमार गोहियार २४३८ मत पाएका छन् ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ । अब ३२२ मत मात्र गन्न बाँकी छ ।

काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ