काठमाडौं—नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन् । मंगलबार आएको अन्तिम मत परिणामअनुसार निकतम प्रतिद्वन्द्वी डा. गुरुशरण साहलाई पराजित गर्दै डा. शेर्पा विजयी भएका हुन् ।
८ जना सदस्यहरुमा डा. छवि पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविनकुमार यादव, डा. अस्मिता पोखरेल डा. सम्राट पराजुली, डा. निना राई र डा. रोबिन बस्नेत विजयी भएका छन् ।
आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा सुरू भएको मतगणना मंगलबार दिउँसो सकिएको हो ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो ।