२०८२ पुस १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ?

नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ?


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन् । सोमबार आएको अन्तिम मत परिणाअनुसार निकतम प्रतिद्वन्द्वी डा. गुरुशरण साहलाई पराजित गर्दै डा. शेर्पा विजयी भएका हुन् ।

डा. शेर्पाले ५२३४ मत प्राप्त गरेर विजयी भएका हुन् । डा. गुरुशरणले ४३५० मत ल्याए भने अर्का उपाध्यक्षका उम्मेदवार डा. अजयसिंह थापाले १८४४ मत प्राप्त गरे ।

८ जना सदस्यहरुमा डा. छवि पन्थीले सबैभन्दा बढी ४८५७ मत प्राप्त गरे । यसैगरी, डा. सारिका गोइत ४४७९ मत, डा. दीपेन्द्र पाण्डे ४०१५ मत, डा. योविनकुमार यादव ३६२८, डा. अस्मिता पोखरेल ३४०४, डा. सम्राट पराजुली ३२८२ मत ल्याएर विजयी भए ।

यसैगरी, डा. निना राई ३१११ र डा. रोबिन बस्नेत ३०७२ मतका साथ विजयी भएका छन् ।

आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा मंगलबार दिउँसो मतगणना सकिएको हो । काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो ।

काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ