२०८२ पुस १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट

डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट


१. इन्फ्लुएन्जा भाइरस 

हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । छिटो र समुदाय नै छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनु पर्दछ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालवालिका र वृद्धवृद्धा (६५ वर्ष माथिका) हरु यस भाइरसका जोखिममा पर्ने समुह हुन् ।

घरमा अरु सदस्यहरुलाई नसरोस भन्नको लागि घर बाहिर हुँदा बारम्बार हात नाक, मुख तथा आँखामा नलाग्ने, संक्रमित व्यक्तिभन्दा एक मिटर दूरी कायम राख्ने र घर फर्केपछि राम्रोसँग हात साबुन पानीले धुनु पर्दछ ।

संक्रमित भैसकेको अवस्थामा भने घरमा अलग्गै बसेर घरमा खासगरी जोखिममा कोही सदस्यहरु भए एक हप्ता दस दिन जति दूरी कायम राखे परिवारमा अरुलाई सर्ने सम्भावना कम हुनेछ । हाल यो भाइरस विरुद्ध पनि खोप सर्वसुलभ पाउन सकिने भएकोले जो कोही जोखिममा रहेकाहरुले लिन सक्दछन् ।

२. कोल्ड डाइरिया 

जाडो याममा बढी देखिने यो एक भाइरल डाईरिया हो । पाँच वर्षमूनीका बालवालिकामा खासगरी रोटाभाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कहरुमा नोरो भाइरसको कारणले डाईरिया र बान्ता गराउँदछ । रोटाभाइरस खासगरी ३ वर्षमुनिका बालवालिकामा बढी प्रभाव पार्ने गर्दछ भने विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालवालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो ।

नेपालमा खासै यसको गहिरो अध्यन नभएको भएपनि पखाला र बान्ताको कारणले भर्ना हुने बालवालिकामा झन्डै ३ सय ३५ प्रतिशत यही भाइरसको कारणले भएको देखाएको थियो । यद्यपि एसियाली देशहरुको समग्र अध्ययन हेर्ने हो भने यसको कारणले झन्डै ५०५ बालवालिका पखाला र बान्ता भएर भर्ना हुने गरेको अनुसन्धानहरुले देखाउँदछ ।

‘वीन्टर भोमिटिङ बग’ को नामले पनि चिनिने नोरो भाइरस खासगरी वयस्कहरुमा देखिने गरेको छ । तथापि नेपाली बालवालिकामा जाडो महिनामा पखाला र बान्ताको कारणले हुने अस्पताल भर्ना हुनुमा झन्डै १२,५५ मा यही भाइरस जिम्मेवार रहेको देखाएको थियो । पानीजस्तो पातलो दिशा र बान्ता हुनु यसको मुख्य लक्षणहरु हुन् भने संक्रमण भएको दुई दिन भित्र यी लक्षणहरु देखिन सक्दछ ।

संक्रमित व्यक्तिको दिशा वा बान्ता खानेकुरा, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्दछ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्दछ । यो विकसित देशहरुमा रिपोर्ट गरेको देखिएपनि नेपालमा खासै चासो लिएको देखिदैन् ।

व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन् । रोटा भाइरस विरुद्धको खोप विकास भैसकेको र अत्यन्तै प्रभावकारी देखिएकोले नेपालमा पनि बालखोप कार्यक्रम अन्तर्गत राख्नु पर्दछ ।

३. उच्च रक्तचाप

यो समस्या भएको मानिसहरु आफ्नो रक्तचापप्रति विशेष ध्यान दिनु पर्दछ । हृदयघातको सम्भावना पनि बढ्ने गर्दछ । यो समयमा चिसोको कारणले रक्तचाप अचानक बढ्न गई मुटुलाई बढी भार पर्न सक्दछ । यो समयमा आफूले लगाउने लुगा लगाउने र आफू बस्ने कोठा न्यानो हुनु पर्दछ । घरबाहिर निकाल्दा न्यानो टोपी, गलबन्दी, पन्जा आदि लगाउनु पर्दछ ।

४. दम

चिसो हावाको कारणले दमका विरामीको श्वासप्रश्वासका नलीहरु साघुरिएर श्वास फेर्न गाह्रो हुने गर्दछ । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, र छाती कसिने हुन सक्दछ । त्यसमा पनि फ्लु भाइरसले आक्रमण गरे स्वास्थ्य झन गम्भीर हुन सक्दछ ।

तसर्थ, खासै जरुरी काम नपरी बाहिर चिसोमा निकल्नु हुँदैन र निकल्नु परे हलुकासँग स्कार्फÞले नाक मुख छोपेर निकल्दा राम्रो हुन्छ । त्यस्तै हरेक वर्ष फ्लु विरुद्धको खोप लगाउँदा राम्रो हुन्छ भने नियमित औषधि छोड्नु हुँदैन् ।

५. जोर्नीको दुखाइ

चिसो समयमा जोर्नी दुख्ने समस्या पनि देखा पार्ने गर्दछ । यसको राम्रो कारण देखाउन नसकिए पनि जाडोमा शारीरिक क्रियाकलाप कम हुनाले दुखेको हुनसक्ने अनुमान गरेको पाइन्छ ।

तसर्थ, घरैमा बसेर शारीरिक क्रियाकलापजस्तै संगीत सुन्दै नाच्ने, घरमा सरसफाइ गर्ने, घर वरिपरि वगैचामा ब्यस्त राख्ने, घर भित्रै पनि यता उता हिड्ने गर्दा जोर्नी दुखाइ कम भएर जान सक्छ । यसका अलावा शरीरमा न्यानो लुगा लगाउनु पर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ