२०८२ पुस २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार

नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार


काठमाडौं—नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष तथा सदस्यले कार्यभार सम्हालेका छन् । मंगलबार काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालबाट सपथ लिएसँगै नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले कार्यभार सम्हालेका हुन् ।

मेडिकल काउन्सिलको हालै भएको निर्वाचनबाट उपाध्यक्षमा कुन्जाङ शेर्पा निर्वाचित भएका थिए । यसैगरी, सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविनकुमार यादव, डा. अस्मिता पोखरेल निर्वाचित भएका थिए । यसैगरी, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. निना राई सदस्यमा विजयी भएका थिए ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ