२०८२ माघ २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा

सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा


काठमाडौं—मीनभवनस्थित सुस्वास्थ अस्पताल दशौं वार्षिकोत्सव सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकामाझ अस्पतालले १० औं वार्षिकोत्सव मनाएको हो ।

अस्पतालका अध्यक्ष अकुं सुदर्शन बस्नेतले अस्पतालले गत आर्थिक वर्षमा १ हजार ५ सय ५ जना बिरामीलाई सेवा दिएको जानकारी दिए । हरेक वर्ष स्वास्थ्य शिविरमार्फत ग्रामीण बस्तीमा निःशुल्क सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको अस्पताले यस वर्ष दोलखाको कालिन्चोक ५ लापिलांगमा र शैलुङ गाउँपालिका—८ मा स्वास्थ्य शिविरमार्फत ६ सय ७६ जनालाई निःशुल्क सेवा दिएको छ ।

वि.सं. २०७२ मंसिरबाट निर्माण अगाडि बढेको सुस्वास्थ अस्पतालले २०७३ बैशाखदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट १५ शय्याको प्राकृतिक चिकित्सा अस्पतालको रुपमा सञ्चालनमा आएको हो । १४ जना कर्मचारीबाट सुरु भएको सुस्वास्थ अस्पतालले पहिलो वर्षमै ८५३ जना बिरामीलाई सेवा दिएको थियो ।

यस्तै, दोस्रो वर्षमा ९०४, तेस्रो वर्षमा ९९२, चौथो वर्षमा ९९१, पाँचौं वर्षमा ७८०, छैटौ वर्षमा १०४६, सातौ वर्षमा १२३८, आठौं वर्षमा १२५७ र नवौं वर्षमा १४५१ जना नियमित बिरामीाई सेवा दिएको थियो । ‘यो १० वर्षमा हामीले १० हजार ९७७ जना बिरामीलाई सःशुल्क र ७ हजार २१० जना बिरामीलाई निःशुल्क उपचार सेवा प्रवाह गरेका छौं,’ अध्यक्ष बस्नेतले भने ।

अस्पतालले हाल फिजियोथेरापी, अकुपञ्चर, प्राकृतिक चिकित्सा सम्बन्धी ओपीडी र आईपीडी सेवा दिदैं आएको छ । अस्पतालमा मुख्यतयाः कम्मर दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, गर्दन दुख्ने, जोर्नी दुख्ने र माइग्रेन सम्बन्धि रोगको उपचार हुँदै आएको छ ।

हाल अस्पतालमा दुई जना प्राकृतिक चिकित्सक, चार जना फिजियोथेरापिष्ट, दुई जना अकुंपञ्चरिष्ट, छ जना नर्स, आठ जना थेरापिष्ट, एक जना आधुनिक चिकित्सक र ११ जना अन्य कर्मचारीसहित ३४ जनाको टिम कार्यरत रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ