२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास


काठमाडौं —स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासले पाएका छन् । ४ माघमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिएकी हुन् ।

डा. दास यसअघि मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि उनी नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए ।

डा. दास प्रमुख हुनुअघि  नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल थिए । डा. पौडेललाई  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ