२०८२ माघ १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान


काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन् । स्कुल अफ मेडिसिनका नवनियुक्त डिन डा. प्रधान २३ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा र प्राध्यापनमा सक्रिय छन् ।

उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोपेडिक्स सर्जन तथा प्राध्यापक हुन् । उनले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

पेकिङ युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेका डा. प्रधान जोर्नी प्रत्यारोपण तथा काँध सम्बन्धी शल्यक्रियामा विशेष दखल राख्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ