२०८२ माघ १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख

सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख


काठमाडौं—चाबहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडको वार्षिक कारोबार तीन वर्षदेखि लगातार उकालोमा रहेको पाइएको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा अस्पतालले ५७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।

अस्पतालको कारोबार सन् २०२४ को तुलनामा २ करोड ९० लाख रुपैयाँ कारोबार वृद्धि भएको हो । मेडिकेयरले सन् २०२४ मा ५४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

अस्पतालको आम्दानीको ६० प्रतिशत हिस्सा ओपीडीका बिरामीहरुबाट प्राप्त रकम हो । अस्पतालको अन्तरंगको अकुपेन्सी ५३ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवाबाट हुने आम्दानीको करिब २८ प्रतिशत प्याथोलोजी सेवाबाट आएको छ, त्यसपछि ग्यास्ट्रोइन्टेरोलोजी, रेडियोलोजी र युरोलोजी सेवाहरूको योगदान रहेको छ।

सन् २०२३ मा अस्पतालले ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२२ मा मेडिकेयरको वार्षिक कारोबार ४७ करोड २० लाख रुपैयाँ रहेको थियो ।

सन् १९९६ देखि सञ्चालनमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडमा ८७ शय्या अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालमा गैरआवासीय नेपाली व्यवसायीद्वय जीवा लामिछानेको सानिमा समूह र उपेन्द्र महतोको महतो समूहको लगानी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ