२०८२ माघ २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री

स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा समस्या आएको बताएकी छन् । शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवको अवसरमा बोल्दैं उनले स्रोत सुनिश्चित नगरी र अर्थ मन्त्रालयको सहमति नलिएर बोर्डले खर्च गरेको बताइन् ।

‘नेपाल सरकारले बीमालाई यो आर्थिक वर्षमा १० अर्ब छुट्याएको हो । वार्षिक बजेटको परिधीभित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्छ, त्यो भन्दा बाहिर गएमा अर्थ मन्त्रालयको स्वीकृती लिनुपर्छ,’ उनले भनिन्, ‘बजेटभित्र परेको पैसाले काम गर्न पाइयो । त्यो भन्दा बढी भयो भने स्रोत सहमति नलिई वा स्रोत सुनिश्चित नगरी खर्च गर्न पाइदैंन् ।’ डा. शर्माले बीमा बोर्डको दायित्व वार्षिक २४ अर्ब हुने गरी खर्च भइरहेको बताइन् ।

विपन्न नागरिकले रगत, पसिना गरेर दिएको पैसालाई मितव्ययी बनेर खर्च गर्ने कुरामा ध्यान नदिएको उनको भनाइ थियो । ‘१० अर्ब बिनियोजित पैसा पोहोर, परारको तिर्नमा सबै खर्च भयो,’ मन्त्री डा. शर्माले भनिन्, ‘यो वर्षलाई शुन्य बजेट भयो ।’ त्यही कारण स्वास्थ्य बीमा समस्यामा परेको उनको भनाइ थियो ।

संविधानले नै निःशुल्क आधारभूत स्वास्थ्य सेवा नागरिकको अधिकारका रुपमा प्रबन्ध गरेको उल्लेख गर्दै मन्त्री डा. शर्माले बीमाबाट दिएका सेवा स्थानीय सरकारले निःशुल्क दिनुपर्ने कानुनी दायित्व रहेको बताइन् ।

स्वास्थ्य बीमा कोषमा स्थानीय, प्रदेश सरकार र केन्द्र सरकारले पैसा राख्ने भनेकाले ललितपुर महानगरपालिकालाई बीमा कोषमा बजेट हाल्न उनले आग्रह गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ