२०८२ माघ २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’

गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’


८३ वर्षीया आमाको बिहीबार करिब ३ बजेतिर भर्ना हुनुभएको थियो । उहाँमा दमको बिरामी हुनुका साथै फोक्सोमा पानी जमेको तथा मुटुमा समस्या थियो । बीचमा उहाँलाई गाह्रो भयो । बिरामीको आफन्तको कन्साइन्मेन्ट लिएर भेन्टीलेटरमा राख्ने कुरा भयो ।

म त्यो तयारी गरेर अर्को एकजना बिरामीको आफन्तसँग कुरा गर्दै थिए । एक्कासी ती वृद्ध बिरामी आमाका आफन्तले ‘खराब औषधीको डोज दिएर मेरो आमा मारिस’ भन्दै कुटपिट गरेर मेरो कपडा नै च्यातिदिनुभयो । म केही सोच्न नसक्ने अवस्थामा पुगे ।

मैले त बचाउन कोशिश गरिरहेको थिए । आमा अहिले ठिक हुनुभएको छ । यदि सो समयमा सही निर्णय नगरेको भए, अवस्था अर्कै हुन्थ्यो । अहिले भेन्टीलेटरबाट बाहिर निस्किएर मज्जाले खाना खाँदैं हुनुहुन्छ । म माथि हातपात भएपछि त्यहाँबाट हिडिहाले निर्देशककोमा गएँ । त्यहाँ उनीहरुले तथानाम बोलेर नर्सिङ स्टाफ र गार्डलाई पनि कुटपिट गरे । आकस्मिक कक्षको क्म्प्युटरलगायत तोडफोड पनि गरेका रहेछन् ।

उनीहरुलाई बेलुका पुलिसले समातेर लगेको रहेछ । फेरि एकैछिनमा छोडिदिएछ । कुन शक्तिले यस्तो गर्‍यो । सानोतिनो पोलिटिकल दमले यो आँट आएको पक्कै होइन । सबैभन्दा दुःखको कुरा उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ । तर, मेरो आत्मसम्मान मरेको छ ।

मैले मेरो आमा सम्झेर उपचार गर्दा यो फल पाए । आकस्मिक कक्षमा नै यस्तो हुनु मेरो आत्म सम्मान मरेको छ । पहिले उनीहरुलाई समातिएको थियो । एकैछिनमा छोडियो । राति आएर फेरि कुट्छु, अस्पताल जलाइदिन्छु भन्दै उफ्रिरहेका थिए रे । सीसीयुका नर्सिङ स्टाफहरुलाई पनि अपशब्द गर्ने थर्काउने गर्दै थिए रे । आज बिहान फेरि समातेको छ ।

अब कुन पोलिटिकल पावर लगाएर छुट्ने हुन् । म एउटा स्ट्रोङ मानिस भएको हुँदा सम्हालिएको छु । तर, अरु भएको भए अवस्था के भइसक्थ्यो । यसरी एकछिनमा निस्कन सक्नेले जे पनि गर्न सक्छन् । धम्की पनि दिइरहेका थिए । यो अस्पतालमा त्यो पनि केन्द्रको हृदय रोगको आकस्मिक कक्षमा हातपात गर्न सक्नेले जे पनि गर्न सक्छन् । हाम्रो देशमा न कानुन छ न भएको कार्यन्वयन हुन्छ । नाम सार्वजनिक भयो भने झन गाह्रो हुन्छ, कृपया हाम्रो नाम सार्वजनिक नगरी दिनुहोला ।

(कुटाइ खाने चिकित्सक सुरक्षाका कारण चिकित्सकको अनुरोधमा नाम सार्वजनिक गरिएको छैन ।)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ