२०८२ माघ २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं

आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं


काठमाडौं—सरकारले आजदेखि देशभरका पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २५ माघदेखि यो अभियान १५ फागुनसम्म चल्नेछ ।

अत्याधिक चिसो हुने हिमाली जिल्लाहरूमा चैत्र–वैशाखमा यो खोप अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्थानीय तहअनुसार समय र स्थान फरक हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन भनिएको छ ।

पाठेघरको मुखको क्यान्सर लाग्न नदिन नजिकैको विद्यालय वा स्वास्थ्य संस्थाबाट खोप लगाइनेछ ।

कक्षा ६ मा अध्ययनरत सबै छात्राहरु र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीहरु, गत वर्ष खोप लगाउन छुटेका ७ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका छात्राहरुलाई खोप दिइनेछ ।

यो खोप पूर्ण रूपमा निःशुल्क दिइनेछ भने यो सुरक्षित छ। ‘यसले भविष्यमा हुने क्यान्सरको जोखिमबाट बचाउँछ,’ राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले भनेको छ ।

‘एचपीभी खोप एक मात्रा लगाए पुग्छ । यो शतप्रतिशत प्रभावकारी छ,’ केन्द्रले भनेको छ, ‘गत वर्षको एचपीभी खोप अभियानमा खोप लगाएकाहरुले यो वर्ष खोप लगाउनु पर्दैन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ