२०८२ माघ २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ

नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ


काठमाडौं—काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले ६ महिनामा १ अर्ब ३० करोड बढीको कारोबार गरेको छ । हस्पिटलको फाइनान्सियल तथ्यांकअनुसार हस्पिटलले पछिल्ला ६ महिनामा १ अर्ब ३० करोड ८० लाख रुपैयाँ (अरिष्कृत) कारोबार गरेको हो ।

सन् २०२५ मा हस्पिटलले २ अर्ब २२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२४ मा १ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२३ मा १ अर्ब ९१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

यस्तै, सन् २०२० मा हस्पिटलले १ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको नर्भिक इन्टरनेशनल हस्पिटललाई जुलाई २०२१ मा पब्लिक कम्पनीमा रूपान्तरण गरिएको हो । २०० शय्याको स्वीकृती प्राप्त मल्टीस्पेसियालिटी हस्पिटलका रुपमा रहेको नर्भिकले विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल नर्भिकले ११६ शय्या सञ्चालन गरिरहेको छ । हस्पिटलले सेवा, सुविधा विस्तारका लागि ठूलो लगानी गरिरहेको छ । निकट भविष्यमै ११६ शय्यालाई विस्तार गरी २७५ शय्यामा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ ।

बसन्तकुमार चौधरी र उनको बीएलसी ग्लोबल होल्डिङ्स प्रा. लि. (बीएलसी)को मुख्य स्वामित्व रहेको नर्भिकमा उनकी छोरी मेघा चौधरी हस्पिटलकी प्रबन्ध निर्देशक छन्। राजेन्द्र बहादुर सिंह कम्पनीका अध्यक्ष रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ