२०८२ माघ २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत

फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत


काठमाडौं—पुरानो बानेश्वरस्थित १०० शय्याको फ्रन्टलाइन अस्पतालको व्यवस्थापनमा भारतीय समूह आएको छ । १ फेब्रुअरीदेखि अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को रुपमा डा. अशोकबर्धन चोर्डियाले फ्रन्टलाइनमा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन् ।

फ्रन्टलाइन अस्पतालका चिफ मार्केटिङ अफिर रोशन अधिकारीले डा. अशोकबर्धनले सिईओको जिम्मेवारी सम्हालेको जानकारी दिए । ‘उहाँले १ फेब्रुअरीबाट सिईओका रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ,’ उनले भने ।

स्रोतकाअनुसार अस्पतालको व्यवस्थापनमा डा. अशोकबर्धनले आफूसँगै आफ्नो समूहलाई पनि ल्याउने तयारीमा छन् । त्यसका लागि अस्पतालका अन्य भाइटल पोष्टहरुमा निकट भविष्यमै भारतीयहरुको नियुक्त हुनेछ ।

‘उहाँ प्रमुख कार्यकारी अधिकृत भएर आइसकेपछि उहाँले अस्पतालका केही मुख्य पोजिशनहरुमा काम गर्न सहज हुने गरी आफ्नो टिमका सदस्यसमेत सेट गर्नुहुनेछ,’ अस्पताल निकट स्रोतले भन्यो, ‘अब केही समयमै उहाँको टिममा अन्य सदस्यहरु पनि अस्पतालमा ज्वाइन गर्नुहुन्छ होला ।’

डा. अशोकबर्धनकै समूहले यसअघि केही वर्ष ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यवस्थापन समेत सम्हालेको थियो । विशेषज्ञ चिकित्सकसमेत रहेका चोर्डियाले स्थापना गरेको ला शान्ते समूहमार्फत कर्पोरेट अस्पतालहरुको व्यवस्थापनको जिम्मेवारी लिदैं आएको छ ।

८ रोपनी क्षेत्रफलमा रहेको फ्रन्टलाइन अस्पतालमा चिकित्सा शिक्षा र स्वास्थ्यका क्षेत्रमा दुई दशक बढी सक्रिय अध्यक्ष नवराज पाण्डेसहित पाँच जनाको लगानी छ । यही समूहले यसअघि सिनामंगलमा नोबेल अस्पताल सञ्चालन गरिरहेको थियो । उक्त अस्पताललाई नाम परिवर्तन गरेर नयाँ भवनमा सरेसँगै फ्रन्टलाइन बनाइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ