२०८२ फागुन ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत

एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत

संघको नेतृत्व रिक्त हुन नदिन ‘परिषद् कार्यसमिति’ गठन गर्न माग


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ । बुधबार बसेको परिषद्को बैठकमा ल्याइएको उक्त प्रस्ताव विरुद्ध पाँच जना परिषद् सदस्यहरुले फरक मत दर्ता गरेका हुन् ।

‘परिषद्को बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्मका लागि थप गर्ने भनी निर्णायार्थ गरेको प्रस्ताव हामीले असहमति जनाएर फरक मत राख्यौं,’ परिषद्का सदस्य डा. दिपेन्द्र पाण्डेले भने ।

डा. पाण्डेकाअनुसार यो प्रस्ताव नेपाल चिकित्सक संघको विधान, २०४७ विपरित छ । डा. पाण्डेसँगै परिषद् सदस्यहरु डा. छवि पन्थी, डा. अमित उप्रेती, डा. अपिल उप्रेती र डा. सन्जितकुमार साहले फरक मत राखेका हुन् ।

उनीहरुले कार्यकारिणी समितिको कार्यकाल सकिएमा संघ सञ्चालन गर्ने जिम्मेवारी परिषद्मा रहने व्यवस्थाअनुसार निर्णय गर्न माग गरेका छन् । तीन वर्षको हुने संघको कार्यकारिणी समितिको कार्यकाल २० फागुनमा समाप्त हुँदैछ ।

२१ फागुनबाट संघको नेतृत्व रिक्त हुन नदिने उनीहरुले ‘परिषद् कार्यसमिति’ गठन गर्न समेत माग गरेका छन् ।

उनीहरुले विधानलाई मिचेर अगाडि बढेमा विधानको संरक्षक हुनुपर्ने परिषद् सदस्यको नाताले विधानसम्मत रुपमा नयाँ परिषद् कार्यसमित गठन गर्न र निर्वाचन प्रक्रिया सुनिश्चित गर्न बाध्य हुने चेतावनी दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ