२०८२ फागुन २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति

सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति


काठमाडौं—निजामती कर्मचारी अस्पतालले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ सदस्सीय आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति बनाएको छ । अस्पतालले अस्पतालका मेडिकल डिभिजन प्रमुख डा. दिपक पौडेलको नेतृत्वमा १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापनका लागि उक्त समिति गठन गरेको हो ।

समितिमा सिनियर रजिष्ट्रार प्रा.डा. जितेन्द्र परियार, रजिष्ट्रार डा. अरुण सिग्देल, रजिष्ट्रार डा. जेनर कुरुम्वाङ्ग, रजिष्ट्रार डा. समिर न्यौपाने सदस्य रहेका छन् । यसैगरी, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुंगाना रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, बरिष्ठ ल्याब टेक्नीसियन अमेन्द्र अधिकारी र सवारी इञ्चार्ज रामहरि श्रेष्ठ सदस्य छन् ।

निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समितिको सदस्य सचिवको जिम्मेवारी भने रजिष्ट्रार डा. रमेश पन्तलाई तोकिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीकाअनुसार उक्त टोली २१ फागुनमा हुने निर्वाचनको आपत्तकालीन व्यवस्थापनलाई केन्द्रीत गरेर बनाइएको हो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ