२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी

१०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी

सन् २०२४ मा गरेको थियो २६ करोड ८० लाख रुपैयाँको कारोबार


काठमाडौं—बाराको परवानीपुरस्थित एल.एस. न्युरो एण्ड जनरल अस्पतालले वार्षिक कारोबार २१ करोडमाथि पुगेको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा अस्पतालले २१ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) बढीको कारोबार गरेको छ ।

अस्पतालले सन् २०२४ मा २६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा २६ करोड ८० लाख रुपैयाँको कारोबार थियो ।

१०० शय्याको एल.एस. न्युरो एण्ड जनरल अस्पताल सन् २०१७ स्थापना भएको हो । अस्पतालले अन्तरंग, बहिरंग, आईसीयुलगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ ।

अत्याधुनिक निजी अस्पताल रहेको एल.एस.मा २४ सैं घण्टा इमर्जेन्सी र ट्रमा केयरको सुविधा समेत छ । यस्तै, अस्पतालले डाइग्नोष्टिक एण्ड ल्याब्रोटोरी, न्युरो, जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति र बाल रोगका सेवाहरु उपलब्ध गराउँदैं आएको छ ।

रामप्रसाद प्रभास कुर्मी अध्यक्ष रहेको यो अस्पतालले बारा जिल्लाको परवानीपुरमा आफ्नै पृथक ब्राण्ड बनाएको छ । अध्यक्ष कुर्मीको स्वास्थ्यसँगै कन्स्ट्रक्सन र शिक्षा क्षेत्रमा पनि लगानी रहेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ