२०८२ फागुन २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित

राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित


काठमाडौं— संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवस सम्बन्धी प्रस्ताव पारित गरेको छ । बुधबार महासभाले उक्त प्रस्ताव पारित गरेको हो ।

महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवस घोषणा गरेको छ। नेपालले प्रस्तुत गरेको यस प्रस्तावको पक्षमा १४३ मत परेको थियो भने संयुक्त राज्य अमेरिकाले विरोध गरेको थियो।

यस प्रस्तावले वेलनेसका फाइदाबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न पक्षहरूलाई आह्वान गर्दछ। मेक्सिको, दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूले पनि यी दिवससम्बन्धी मतदानबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाकाअनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ ।

थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

यस्तै, महासभाले अक्टोबर १ लाई कफी दिवसका रुपमा मनाउने प्रस्ताव पनि पारित गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ