गृहपृष्ठ ∕ समाचार ∕ २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका हेल्थ आवाज शुक्रबार, २०८२ चैत्र ६ गते, १८:२५ मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचार गराउने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाले आँखा जाँच र प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ । काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको समेत उपस्थिती रहेको थियो । सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले बालबालिकाहरुमा अत्याधिक मोबाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवरद्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताइन् । ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइनेछ,’ उनले भनिन् । सम्झौता बमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तिमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह