२०८२ चैत्र १३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै

३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै


काठमाडौं—बालेन्द्र शाहको नेतृत्वमा बन्ने सरकारमा निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतको सरकारमा सुनसरी इनरुवाकी निशा स्वास्थ्यमन्त्री बन्ने टुंगो लागेको रास्वपा निकट स्रोतले जनाएको छ ।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच निशालाई स्वास्थ्यमन्त्री बनाउने सहमति जुटेको हो । ‘उहाँ (निशा)लाई स्वास्थ्यमन्त्री बनाउने टुंगो लागेको छ,’ रास्वपाका एक नेताले हेल्थआवाजसँग भने, ‘अन्तिम अवस्थामा फेरबदल नभएमा उहाँ स्वास्थ्यमन्त्री हुने पक्का हो ।’

स्वास्थ्यमन्त्री हुन लागेकी निशा पेशाले नर्स हुन् ।

३८ वर्षीया उनी रास्वपामा समानुपातिकबाट सांसद बनेकी हुन् । उनले भारतको ग्वालियर युनिभर्सिटीमा नर्सिङमा स्नातकोत्तर गरेकी छन् ।

इनरुवा इंग्लिस बोर्डिङ स्कुलकी उत्पादन उनले केही समय विराट नर्सिङ होममा समेत काम गरेकी थिइन् । उनी सुरुदेखि नै रास्वपामा आवद्ध भएर सक्रिय थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ