२०८२ चैत्र १३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ


काठमाडौं—नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार अपरान्ह १२ः३४ मा राष्ट्रपति कार्यलय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीको सपथ गराएका हुन् ।

यअसघि शुक्रबार विहान राष्ट्रपति पौडेलले शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनी नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकारको प्रधानमन्त्री बनेका हुन् ।

३६ वर्षीय शाह नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । यससँगै उनी युवा जननिर्वाचित प्रधानमन्त्री बनेका छन् ।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिक बहुमत १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन बिहीबार पार्टी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । त्यसलगतै उनलाई रास्वपाले प्रधानमन्त्रीका रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

शाहले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा ५ मा पराजित गरेका थिए । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले भने १८ हजार ७३४ मत ल्याएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ