२०८२ चैत्र २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म

फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म


काठमाडौं-वीर अस्पतालले फार्मेसी सेवालाई चुस्तदुरुस्त बनाउनका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । वीर अस्पताल प्रशासनले फार्मेसीबाट बिरामीलाई मुस्कानसहितको सेवा दिनुपर्नेदेखि कार्यालय समयमा एमआरलाई कार्यालय समयमा प्रवेश निषेधसम्मका निर्देशन जारी गरेको हो ।

फार्मेसी सुधारका लागि वीर अस्पतालले फार्मेसी शाखाको ड्युटी रोष्टर तयार पार्ने, अनिवार्य पोशाका, एप्रोन तथा परिचयपत्र लगाउनुपर्ने निर्देशनमा छ ।

यस्तै, तोकिएको समय ड्युटी गर्नुपर्ने, तोकिएको समयभन्दा बढी ड्युटी गरेका पफर्मेन्स बेस्ड इन्सेन्टीभ दिइने, सेवा प्रदान गर्दा मर्यादित, नम्र, उत्तरदायी तथा शिष्ट, सालिन, भद्र र मिठो बोली मुस्कानसहितको सेवा दिनुपर्ने निर्देशनमा छ ।

वीर अस्पताल प्रशासनले दिएको ११ बुँदे निर्देशन


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ