२०८२ चैत्र २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी

विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पेशागत संगठन कर्मचारी कल्याण समाजको अध्यक्षमा संजिव कुमार कर्ण निर्वाचित भएका छन् । २१ चैतमा भएको निर्वाचनबाट कर्ण अध्यक्षमा निर्वाचित भएका हुन् ।

कर्ण ६५४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अविरमान राईले ६ सय २२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ५ सय मत प्राप्त गरी श्याम सुन्दर मेहेता निर्वाचित भए । वरिष्ठ उपाध्यक्ष (महिला)मा निशा श्रेष्ठ निर्विरोध निर्वाचित भइन् । उपाध्यक्षतर्फ भने प्रशासनिक समुहमा पंचमाया ताम्ली ४ सय ७० मत, पारामेडिक्स समूहमा प्रेमकुमार श्रेष्ठ ५ सय ८६ मत प्राप्त गर्दै निर्वाचित भए भने नर्सिङ समूहतर्फ निर्मला बाँस्तोला निर्विरोध निर्वाचित भइन् ।

संगीता कुमारी चौधरी महासचिव पदमा निर्वाचित भइन् । उनले ६ सय १८ मत प्राप्त गरेक थिइन् । सचिवमा निर्वाचित भएकी नितु चौधरीले ७ सय ३३ मत प्राप्त गरिन् भने रमा बस्नेत ७ सय मत प्राप्त गरेर कोषाध्यक्षमा निर्वाचित भइन् ।

सदस्यहरुमा भने प्रशासनिक समूहतर्फ भुपध्वज बुढाथोकी, पेशल कुमार वाग्ले, मालती देवी उराँव निर्वाचित भए भने नर्सिङ समुहतर्फ मनहिरा कार्की, मैया श्रेष्ठ, रिजु चौहान निर्विरोध निर्वाचित भए । त्यसैगरी, पारामेडिक्स समुहतर्फ तुलाचन्द चौधरी, सुनिता राई, रोहित झा निर्वाचित भए भने सदस्यहरुको खुल्ला समूहतर्फ रोशन बर्देवा, अनन्तराम माझी, आरधना कुमारी शाह, तिजा राई, सेखा कुमारी सरदार र जीवन मगर निर्विरोध निर्वाचित भए ।

निर्वाचित कार्य समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सुर्य संग्रौलाले चिफ लाइब्रेरियन विनोदकुमार यादवको अध्यक्षमा ७ सदस्सीय निर्वाचित समिति गठन गरेको थियो । उक्त समितिले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ