२०८३ वैशाख ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड

केएमसीको कारोबार एक वर्षमा ६१ करोड ८० लाख रुपैयाँले वृद्धि


काठमाडौं—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले एक वर्षमा २ अर्ब ४७ करोडभन्दा बढीको कारोबार गरेको छ । केएमसीको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा केएमसीले २ अर्ब ४७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघि सन् २०२४ मा केएमसीले १ अर्ब ८५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । केएमसीको कारोबार अघिल्लो वर्षभन्दा सन् २०२५ मा एक वर्षमा ६१ करोड ८० लाख रुपैयाँले वृद्धि भएको छ ।

काठमाडौं मेडिकल कलेजले सन् २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ, सन् २०२२ मा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १३ करोड ४० रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००९ मा काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा स्थापित भएको काठमाडौं मेडिकल कलेजले मेडिकल कलेज, सिनामंगल र दुवाकोटमा गरी ५०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । काठमाडौं मेडिकल कलेजमा डिएम/एमसीएच, एमडी/एमएस, एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङलगायतका चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालनमा छन् ।

काठमाडौं मेडिकल कलेजको बहुमत सेयर विराटनगरमा नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका सुनिल शर्माको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ