काठमाडौं—नेपाल मेडिकल काउन्सिलले अमेरिकादेखि बेलायतसम्म विभिन्न ७ देशमा राहदानी लिएका नेपालीमूलका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ । शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिक लिएका १७ जना चिकित्सकको लाइसेन्स खारेज भएको जानकारी गराएको काउन्सिल उनीहरुको लाइसेन्स काउन्सिलले खारेज गरेको हो ।
‘ऐन र नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न नोटिस मात्र अहिले प्रकाशित गरेको हो,’ डा. देवले भने । काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली, २०२४ र नेपाली नागरिकता ऐन, २०६३ नेपाल मेडिकल काउन्सिलको निर्णयानुसार नेपाली नागरिक परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरुको नाम दर्ता किताबबाट हटाएको हो ।
हङकङको राहदानी लिएका १ जना, अष्ट्रेलियाको राहदानी लिएका २ जना, बेलायती राहदानी लिएका ६ जना, अमेरिकी राहदानी लिएका ४ जना, क्यानाडाको राहदानी लिएका २ जना, भारतीय र पोर्चुगाली राहदानी लिएका १/१ जनाको लाइसेन्स खारेज भएको हो ।
